निगम विरुद्ध किन हुँदै छ चर्को चलखेलः हवाई माफिया सक्रिय

७ बर्ष अगाडि

काठमाडौँ । नेपाल वायु सेवा निगम नेपाली जनताको सम्पत्ति हो । तर त्यसलाई डुबाउन पछिल्लो दिनमा हवाई माफिया सक्रिय रुपमा परिचालित भएका छन् । कारण निगमले पछिल्लो दिनमा लिएको आक्रामक योजना र दुगर्म तथा सुगम क्षेत्रमा समेत दिने सेवा ।

निगमको जहाजले एक जना मात्रै यात्रु भए पनि उडाएको त । तर निजी क्षेत्रका कुनै पनि जहाजले त्यसो गरेका छैनन् । आफ्नो बजार र व्यापार खुस्कने भयले निजी क्षेत्रका केही हवाई माफियाहरु जसरी भएपनि राष्ट्रिय ध्वजाबाहकलाई ध्वस्त पार्ने दाउमा लागेका छन् ।

पछिल्लो दिनमा निगमले देश र जनतालाई केन्द्रमा राखेर अभियान सुरु गरेको छ । निगममा महाप्रबन्धक नराम्रा होलान् , उनले नीतिगत रुपमा गतिला काम गरेका छैनन होला तर निगमलाई नै धारासायी बनाउने तवरले काम भइरहेको छ । आफूलाई मिडिया मालिक बताउने र हवाई क्षेत्रमा नै संलग्न व्यक्तिहरु योजनाबद्ध रुपमा निगम सिध्याउन लागिपरेका छन् । हिमाली तथा पहाडी जिल्लाका विमानस्थलमा नियमित उडान गर्ने योजना सार्वजनिक भएसँगै आफ्नो व्यापार घट्ने निजी कम्पनीको चिन्ता छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गरेको सबै विमानस्थलमा सातामा एक उडान एक यात्रु भए पनि नियमित उडान गर्ने बताएसँगै निजी कम्पनीका मालिकहरु निगमविरुद्ध लागेको प्रष्ट भएको छ ।

निगमले पछिल्लो दिनमा खरिद गर्न लागेको जहाज खरिद प्रक्रिया नै अवरुद्ध पारी सिन्डिकेट लगाउन केही विमान कम्पनी लागि परिरहेको उनीहरुको व्यवहारबाट पुष्टि भएको छ ।

महाप्रबन्धक कंसाकारको करार अवधि करिब एक वर्ष पति मात्रै रहेको छ सो अवधिमा नै उनले थप १० वटा जहाज खरिद प्रक्रिया टुंगो लगाउने बताउँदै आएका छन् ।

सोही प्रक्रिया  अगाडि बढेसँगै हवाई माफिया पुरानो वाइडबडी जहाज खरिदमा आर्थिक हिनामिना भएको आरोप लगाउँदै आएको कसांकार स्रोतले जानकारी दियो ।

निगमले खरिद गर्न लागेको १० वटा जहाजमा पनि आर्थिक चलखेल गर्न नपाइने भएपछि हवाई माफियाहरु सल्बलाएका हुन् ।

असार र साउनमा आएका दुई वटा वाइडबडी जहाज खरिदमा पनि नेपाली एजेन्ट सफल भएका थिएनन् । आगामी खरिदमा पनि जहाज उत्पादन कम्पनीसँगै डिल हुने देखेपछि हवाई माफियाको निन्द्रा हराएको हो । 

७ बर्ष अगाडि

प्रतिक्रिया