गोकुल बाँस्कोटा विरुद्ध अख्तियारमा मुद्दा दर्ता

६ बर्ष अगाडि

निवर्तमान सुचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ।

अनुसन्धानको दायराभित्र ल्याउन माग गर्दै निवर्तमान सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको हो।

अभियानकर्मी विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले अख्तियारमा मुद्दा दर्ता गराएका हुन्। 

करोडौंको भ्रष्टाचार गर्ने नियतका साथ बार्गेनिङ गरिएको अडियो सार्वजनिक भएकाले अनुसन्धानको दायरामा ल्याउनुपर्ने मागसहित मुद्दा दर्ता गरेको शिवाकोटीले बताए।उनीहरुले आइतबार बिहान मुद्दा दर्ता गराएका हुन्। 

६ बर्ष अगाडि

प्रतिक्रिया