काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले आफु कर उठाउने बिषयमा कडा नै भएको बताएका छन् । साथै, अर्थमन्त्रीको काम नै कर उठाउने भएको उनको भनाइ छ ।
आइतबार राष्ट्रिय बीमा संस्थानको ५३ औं बार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अर्थमन्त्रीको काम कर उठाउने हो र जनतालाई नै वितरण गर्ने हो ।’
सम्बन्धीत व्यक्तिहरुलाई लक्षित गर्दै उनले भने, ‘धैरै कमाउनेबाट कर लिने हो । र, कमाउन नसक्नेलाई दिने हो । तपाईहरु कर छुट नै छुट भन्नु हुन्छ । तपाईहरुलाई कर छुट दिँदा त्यो काम कसरी गर्ने ।’ अर्थमन्त्रीको काम नै कर उठाउने र त्यसलाई पुनः वितरण गर्ने रहेको उनको भनाइ छ ।
उनले थप भने, ‘हामी श्रमजीवी बर्ग, तल्लो बर्ग तथा गरिबीको उत्थान गर्ने पार्टी भन्छौ । उनीहरूको उत्थान कहिले गरिदिने, हामीले नगरे कसले गर्ने । त्यसले म करको बिषयमा कठोर नै छु साथीहरु ।’
प्रतिक्रिया