बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौँमा सुरू हुँदै

७ बर्ष अगाडि

बिमस्टेकको चौथो शिखर सम्मेलन आज काठमाडौँमा सुरू हुँदैछ। सम्मेलनमा सहभागी हुन बिमस्टेक राष्ट्रका प्रमुख र सरकार प्रमुखहरू काठमाडौं आउनेक्रम जारी छ। म्यानमारका राष्ट्रपति विन मिन्च मंगलबार नै नेपाल आइपुगिसकेका थिए भने भुटानका अन्तिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक र श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेना बुधबार काठमाडौँ आएका हुन्।

आजबाट सुरू हुने सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपाल आइसकेका छन्। त्यस्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि सम्मेलनका लागि भर्खरै आइपुगेकी छिन् भने  थाइल्याण्डका प्रधानमन्त्री प्रायुट छानोछा पनि केहीबेरमा नेपाल उत्रिनेछन्।

सम्मेलनको उद्घाटन दिउँसो होटल सोल्टीमा हुनेछ। त्यसअघि उनीहरू राष्ट्रपति विद्यादेवी भण्डारीले दिने दिवाभोजमा सहभागी हुनेछन्।

सम्मेलनको उद्घाटन अध्यक्ष राष्ट्रका हिसाबले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। त्यसपछि सदस्य राष्ट्रका राष्ट्र र सरकार प्रमुखले धारणा राख्नेछन्।

७ बर्ष अगाडि

प्रतिक्रिया