कुखुरा फार्ममा आगलागी हुँदा १० लाख बढीको क्षति

६ बर्ष अगाडि

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हँुदा रु १० लाख बढीको क्षति भएको छ ।

 स्थानीय किष्ना भण्डारीले सञ्चालन गर्दै आएको सो फार्ममा शनिबार विद्युत् चुहिएर  आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चारहजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो । 

कमाइखाने  सहारा फार्म थियो उनले भने, “ जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन गर्ने पूँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ ।” आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

भण्डारीले सात वर्षदेखि सो व्यवसाय गर्दै आएका थिए । नगरप्रमुख दिलबहादुर ऐरलगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने अश्वासन दिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया