काठमाडौँ– एक कार्यक्रममका लागि भारत जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा भ्रमण रोकेका छन् ।
प्रचण्ड भोलि (शुक्रबार) भारत जाने कार्यक्रम थियो । हिन्दुस्तान टाइम्स पत्रिकाको वार्षिक उत्सव कार्यक्रमका लागि प्रचण्डलाई विशेष निमन्त्रणा थियो । सोही कार्यक्रमको लागि प्रचण्ड शुक्रबार भारत जाने कार्यक्रम थियो ।
तर, काठमाडौँमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन अन्य राष्ट्र प्रमुख नेपाल आएको हुँदा प्रचण्डले भारत जाने कार्यक्रम स्थगित गरेका हुन् ।
प्रतिक्रिया