ओखलढुंगाको मोलुङ गाँउपालिका ८ रागादिपमा पहिरोले घर पुरीदाँ एकै परिवारका चारजनाको मृत्यु भएको छ । गएराती आएको भिषण पहिरोले स्थानिय ५० बर्षीय पुर्ण बहादुर राईको घर पुरीदाँ राई सहित उनका श्रीमती ४० वर्षीया धन कुमारी राई र उनका दिदी ५५ वर्षीया मित्रमाया राई तथा ३ वर्षीय छोराको मृत्यु भएको हो ।
बुधबार मध्यराती घरमाथीबाट झरेको पहिरोले सुतिरहेको अवस्थामा उनिहरु चारैजनालाई पुरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। घरमाथीबाट खनिएको स्थानिय सडक भत्किएर पहिरो झरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायक उपरिक्षक अनन्तराम शर्माले बताए ।
घरमा बस्दै आएका चारै जनाको सुकेकै ठाँउमा पहिरोले पुरेको हो । स्थानीय र प्रहरीको सक्रियातामा उनीहरुको शव निकालिएको छ ।
प्रतिक्रिया