मोदीको सुरक्षामा भारतबाटै डेढ सय कमाण्डो काठमाडौंमा

७ बर्ष अगाडि


भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फार्स काठमाडौं आइपुगको हो । वरिष्ठ अभिकृतकै कमान्डमा फौज आएको छ ।

मोदीको सुरक्षाका लागि केही दिनदेखि भारतीय सेनाको विशेष टोली काठमाडौँमै तैनाथ थियो । उनको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीले पनि आवश्यक तयारी गरेका थिए । मोदीको सुरक्षाका लागि केही दिनअघि भारतीय सेनाको टोलीसँगै बुलेटप्रुफ गाडी पनि भारतबाटै ल्याइएको थियो  ।

मोदी आउने भएपछि नेपाली सेनाले काठमाडौँको आकाशमा बिहानैबाट हवाई गस्ती गरेको थियो । बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमान्डो काठमाडौं आइसकेको उच्च स्रोतको भनाइ छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया