नेपालमा स्वागत छ सबै भीभीआईपीलाई

७ बर्ष अगाडि

काठमाडौँ–बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका सबै  भीभीआईपी पाहुना काठमाडौं आइपुगेका छन् ।
बिहिबार बिहानमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हसिना  र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आइपुगेका छन् ।
यस्तै बुधबार  श्रीलङ्काली राष्ट्रपति  मैत्रीपाला सिरिसेना  र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आइपुगेका थिए । यसैगरी म्यान्मारका राष्ट्रपति विन मिन्त मंगलबार काठमाडौं आएका थिए । 

बिम्स्टेकको चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा सुरु हुँदैछ।

७ बर्ष अगाडि

प्रतिक्रिया