एक्लिए रामचन्द्र पौडेल

७ बर्ष अगाडि

काठमाडौं–कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलीबीच अविश्वास बढेको   छ । 

अविश्वासकै कारण सिटौलाले आफूनो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् । 

अनपुम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो पक्षका नेता कार्यकर्तालाई सहभागी गराएर सिटौलाले यस्तो संकेत दिएका हुन् ।

जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रद्धारा आयोजित वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्रमाथिका चुनौति विषयक कार्यक्रममा सिटौला पक्षीय नेता कार्यकर्ताको मात्रै उपस्थिति थियो । 

केन्द्रीय सदस्य गगन थापा प्रदीप पौडेल, शिव हमागाईसहित आफू पक्षीय सांसद जिल्ला कार्यसमिति सभापतिसहितका नेता कार्यकर्तामाझ सिटौलाले तेस्रो समूह अब पार्टी सुधारका लागि केन्द्रित हुने उद्घोष गरे । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया