साताको नेप्से : कारोबारमा नयाँ कृतिमान, परिसूचक पनि दुई बर्ष पछि कै उच्च बिन्दुमा

६ बर्ष अगाडि

यस साता नेप्से परिसूचक अत्याधिक अंकले बृद्धि भएको छ । परिसूचक २ वर्ष पछि कै उच्च बिन्दुमा पुगेसगैँ यस साता भरी नेप्सेमा हरियाली छाएको हो । 

आइतबार १३४४.५९ को बिन्दुबाट सुरु भएको कारोबार अन्तिम कारोबारका दिन विहिबार २ वर्ष कै उच्च १४३४.५७ को बिन्दुमा पुगेको हो । यस अघि २०७४ साल पुस महिनाको पहिलो साता नेप्से १४१५ को बिन्दुमा रहेको थियो ।

यस साता नेप्से परिसूचक ८९.९८ अंकले उकालो लागेको छ । अघिल्लो साता परिसूचक १०.९ अंकले उकालो लाग्दा ६ अर्ब ७० करोड बराबरको कारोबार भएको थियो । यस साता नेपाली धितोपत्र बजारमा पहिलो पटक एक सातामा ११ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।  
 
१ सय ८४ कम्पनीको  २ करोड ५३ लाख कित्ता शेयर खरिद विक्री हुदाँ  यस साता ११ अर्ब २० करोड बराबरको कारोबार भएको छ । 

जुन अहिले सम्म कै धेरै साप्ताहिक कारोबार हो  ।त्यस्तै, यस साताको अन्तिम कारोबारका दिन हिजो नेप्से मै पहिलो पटक धेरै दैनिक कारोबार भएको छहिजो १८० कम्पनीको ५८ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब ७८ करोड रुपैँया बराबरको कारोबार भएको थियो ।

त्यस्तै, यस साता भरीको औसत कारोबारमा पनि नेप्सेले नयाँ इतिहास बनाएको छ । यस साता औसतमा दैनिक २ करोड २४ करोड बराबरको कारोबार भएको छ । यो अहिले सम्म कै धेरै औसत कारोबार हो । यस साताको कारोबारका सातै दिन नेप्से परिसूचक उकालो लागेको छ । 

अघिल्लो साताको तुलानामा यस साता कारोबार रकममा ६७ प्रतिशत, शेयर कित्ता खरिद विक्रीमा ५२ प्रतिशत र कारोबार संख्यामा ४६ प्रतिशतले बृद्धि भएको नेप्सेले जनाएको छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया