नेपाली पाठशालालाई स्पेनबाट आर्थिक सहयोग आउने

६ बर्ष अगाडि

स्पेनको बार्सिलोनामा बस्दै आएका ‘कास्केली’ले नेपाली समुदायले सञ्चालनमा ल्याएको पाठशालालाई आर्थिक सहयोग जुटाउने भएका छन् । 
पाठशालामा अध्ययन गर्ने नेपाली विद्यार्थीको शैक्षिक स्थिति उकास्न समाजले आर्थिक सहयोग उपलब्ध गराउने भएको हो । 

कास्केली समाज स्पेनको तेस्रो वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा समाजले आर्थिक स्थिति कमजोर भएका पाँच परिवारलाई उपचारमा सहयोग गर्नुका साथै दृष्टिविहीन बालबालिकाका लागि कम्प्युटर उपलब्ध गराउने र आवश्यक कानूनी परामर्श दिने जनाएको छ ।

 यस्तै समाजले कास्कीको समग्र कला संस्कृतिको जगेर्नाका लागि स्पेनका मुख्य सडकमा जानकारीमूलक कार्यक्रम गर्ने समाजका निवर्तमान अध्यक्ष केदार ढुङ्गानाले जानकारी दिए । 

अधिवेशनले बलबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

नवगठित समाजको वरिष्ठ उपाध्यक्षमा कुमार गुरुङ, उपाध्यक्षमा खेमकुमार भण्डारी, महासचिवमा नीरज कार्की, सचिवमा गणेश अधिकारी, कोषाध्यक्षामा देवी भण्डारी र सहकोषाध्यक्षमा मोहनराज गौतम रहेका छन ।

 यस्तै समाजको सदस्यमा पदम खत्री, कुमार गुरुङ, सवित बानियाँ, नरेन्द्र गुरुङ रहेका छन् भने सल्लाहकारमा पुष्प केसी, राजेन्द्र कँडेल, शिवकुमार लामिछाने, बेलकाजी गुरुङ जीवनजङ्ग राणा, दुर्गा घिमिरे, शान्ति राणा, पवनराज भण्डारी रहेका छन । 

कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वयका उपाध्यक्ष नीरजकुमार थापा, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद् केन्द्रीय संरक्षक रमेश गुरुङ, एनआरएनए स्पेनका उपाध्यक्ष दिनेश गिरी, तमु समाज स्पेनका अध्यक्ष गौतम गुरुङ लगायतले पर्यटन वर्षमा नेपाल सरकारलाई सघाउनुपर्नेमा जोड दिएका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया