सुर्खेतको भेरीगंगा नगरपालिकाका खानेपानी तथा सरसफाई टेक्निसियन (खापासटे) चित्रबहादुर केसी २ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पुलको भुक्तानीमा सहजीकरण गरिदिने भन्दै लिएको घुस सहित पक्राउ गरेको हो ।
केसीले भेरीगंगा ११ तल्लो बराहको झोलुङ्गे पुलको भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए ।
घुस मागेको भन्ने उजुरीका आधारमा पिछा गरेको अख्तियारको सुर्खेत कार्यालयको टोलीले उनलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
प्रतिक्रिया