तारा दल गणद्वारा बालगृहका बालबालिकालाई खाद्यान्न सहयोग

६ बर्ष अगाडि

नेपाली सेनाको तारा दल गणले सेना दिवसको अवसरमा दोलखाको चरिकोटमा रहेको गौरीशङ्कर बालगृहका अनाथ बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरेको छ । 

गणले सेना दिवस २०७६ तथा महाशिवरात्रिका अवसरमा बालगृहका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरेको हो । 

नेपाली सेनाको तारादल गण चरिकोटले अनाथ बालबालिकाका लागि चामल १०० किलो, दाल १० किलो, गेडागुडी १० किलो, चिनी १० किलो, चियापत्ती तीन किलो, नुन पाँच किलो, तेल पाँच लिटर गरी करिब रु २० हजार बराबरको खाद्यान्न सामग्री वितरण गरेको सहसेनानी रोशन बस्नेतले बताए । 

बालगृहमा हाल देशका विभिन्न क्षेत्रका ३० बालबालिका बस्दै आएका छन् । सानैमा आमाबुबा गुमाएका छ वर्ष देखि १६ वर्ष उमेरसम्मका  बालबालिका बालगृहमा बस्दै आएका बालगृहका प्रमुख एमबहादुर थापाले बताए । 

बालगृहमा रहेका बालबालिकालाई राइजिङ स्टार बोर्डिङले आठ र अन्य २२ लाई गौरीशङ्कर बोर्डिङ स्कूलले ५० प्रतिशत छुटमा पठाउँदै आएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया