नरेन्द्र मोदीसँग भेट्न राजपाका नेताहरुको लबिङ

७ बर्ष अगाडि

काठमाडौं - बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गरेका छन् ।

मोदीसँग भेट्न पाए राजनीतिक छलफलबाट नयाँ राजनीतिक एजेण्डा बनाउन पार्टीलाई सहज हुने पार्टीका नेताहकरुको बुझाइ छ । 
पार्टीका नेताहरुलाई बुधबार र बिहीबार हुने रिसेप्सन पार्टीमा निम्तो गरिएको छ । 

मोदीसहितको रिसेप्सन पार्टीमा मोदीसँग विशेष कुराकानी गर्ने योजना अध्यक्ष मण्डलका नेताहरुले बनाएको पार्टीका एक नेताले बताए । 

मोदीसँग अध्यक्ष मण्डलका शीर्ष नेताहरुको सामूहिक भेट हुने वा केही अध्यक्ष विशेषसँग भेट हुने यसबारे निर्णय भइनसकेको स्रोतले जनाएको छ । आजको कारोबार दैनिकमा खबर छापिएको छ

७ बर्ष अगाडि

प्रतिक्रिया