दाङमा साला बेच्ने भिनाजु प्रकाउ

६ बर्ष अगाडि

साला नाता पर्ने एक बालकलाई भारतमा लगेर विक्रि गरेको अभियोगमा प्रहरीले भिनाजु नाता पर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । तुलसीपुरको तल्लो हलवार निबासी ३६ बर्षीय काजु चौधरीले साला नाता पर्ने तुसलीपुरको बिजौरी निवासी १४ बर्षीय विशाल चौधरीलाई भारतको सिमलामा लगेर बेचेको भन्ने अभियोगका आधारमा पक्राउ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता तथा निरिक्षक चक्र डम्बर पालले काजुलाई लुकिछिपी बस्दै आएको अवस्थामा फागुन ७ गते तुलसीपुर उपमहानगरपालिका वडा नं। १९ बाट पक्राउ गरिएको जानकारी दिए ।

काजुले साला नाता पर्ने बालक विशाललाई एक डेढ वर्ष पहिले ललाई फकाई भारतमा लगेर बिक्रि गरेको भन्ने जाहेरीका आधारमा काजुलाई पक्राउ गरिएको प्रहरी प्रबक्ता पालले बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया