नेपाल रेलवे कम्पनी लिमिटेडमा कर्मचारी भर्ना सुरु भएको छ ।
कम्पनीले विभिन्न पदका लागी २०० जना कर्मचारीको भर्ना सुरु गरेको हो ।
कम्पनीले एकजना सेक्सनल इन्जिनयर सिग्नलिङ, आठजना स्टेशन मास्टर, एकरएक जनाका दरले चिफ पावर कन्ट्रोलर, चिफ लोको इन्स्पेक्टर, तीनरतीन जनाका दरले लोको पाइलट, सह लोको पाइलट, पीवे सुपरभाइजर, मेकानिक र पोइन्टस मेन लगायतका कर्मचारीको माग गरेको छ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल चल्ने भएपछि रेलवे कम्पनीलाई कर्मचारीको आवश्यक्ता परेको हो ।
कम्पनीले साधारण लेखपढदेखि स्नातकसम्म लाई रोजगारी दिने बताएको छ ।
प्रतिक्रिया