दुई वर्ष कै उच्च बिन्दुमा पुगेर बन्द भयो नेप्से, दुई अर्ब ७८ करोडको कारोबार

६ बर्ष अगाडि

साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक दोहोरो अंकले उकालोे लागेको छ । 

आज १४०४.४८ को बिन्दुबाट कारोबार सुरु गरेको नेप्से २९.३२ अंकले बढे्र १४३४.५७ बिन्दुमा पुगेर बन्द भएको हो । 

आज नेप्से परिसूचक दुई वर्षकै उच्च बिन्दुमा पुगेको छ । यस अघि २०७४ साल पुस महिनाको पहिलो साता  १४१५ को बिन्दुमा रहेको परिसूचक आज १४३४.५७ को बिन्दुमा पुगेको छ । 

उता कारोबार रकम पनि तीन अर्ब नजिक पुगेको छ । आज कारोबारका लागी आएका १८० कम्पनीको ५८ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब ७८ करोड रुपैँया बराबरको कारोबार भएको छ । 

त्यस्तै, आज कारोबार भएका १४ उपसमूह मध्य १२ उपसमूह उकालो लागेका छन् । 

आज सबै भन्दा धेरै  शिवम् सिमेन्टले १७ करोड २ लाख हिमालयन डिस्टिलरी लिमिटेडले १२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार गरेको नेप्सेले जनाएको छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया