अफ–रोड चालकका लागि हिरोले ल्यायो र्‍याली किट

५ बर्ष अगाडि

मोटरसाईकलको सौखिन साहसी र अफ–रोड चालकहरुका लागि हीरो मोटोकार्पले हीरो एक्सप्लस २०० को र्‍याली किट एडिसन आधिकारीक रुपमा सार्वजनिक गरेको छ ।  

सन् २०१९ को आइसीएमए मोटरसाइकल शो मा प्रदर्शन गरको आफ्नो पहिलो एडभेन्चर मोटरसाइकलको मोडललाई पूर्णता दिँदै हिरोले आधिकारीकरुमा उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । 

भारतीय बजारमा ३८ हजार भारुमा बिक्री शुरु गरेको उक्त मोटरसाइकल र्‍याली किट विशेष गरी महत्वाकांक्षी सवारहरूका लागि डिजाइन गरिएको हो । बढी साहसिक कार्य गर्न र अफ-रोड चालकहरुका लागि यो निकै उपयुक्त हुने कम्पनीको दावी छ । 

स्पोर्टी लुकमा आकर्षक देखिएको यो मोटरसाइकलमा २७५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

अगाडिको टायर २१ इन्च र पछाडिको टायर १८ इन्च रहेको यो मोटरसाइकलमा  २ सय सीसी एयर कुल्ड, २ भल्भ, सिंगल सिलिण्डर, ओएचसी इन्जिन रहेको छ। 

८ हजार आरपीएममा १८.४ पीएस पावर र ६५०० आरपीएममा १७.१ एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । र्‍याली किटको ह्याण्डलबार रेसर र सपाट सीट सेटअपले पनि अफरोड मोटरसाइक्लिङ्गको लागि उपयुक्त बनाएको छ । 

कम्पनीले किटको लागि तय गरेको अलग अलग मूल्य अनुसार यसमा एडजस्टेबल सस्पेंशन को २५ हजार भारु,  म्याक्सी टायको १० हजार भारु, फ्ल्याटबेन्च सीटको २ हजार ५ सय भारु र ह्याण्डरबार रेसको लागि भारु ५ सय लाग्ने कम्पनीले जनाएको छ । 

मार्चको पहिलो हप्तादेखि बिक्रिका लागि भारतमा उपलब्ध हुने र्‍याली किट चाँडै नै नेपाली बजारमा आउने अपेक्षा गरिएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया