यही भदौ १४ र १५ गते हुन लागेको बिमस्टेकको चौथो सम्मेलनमा भाग लिन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौं आपुगेका छन् ।
उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।
विमानस्थलबाट उनी सिधै सोल्टी होटल पुगेका छन् ।
यसअघि सम्मेलनमा सहभागी हुन म्यान्मारका राष्ट्रपति र भुटानका अन्तरिम सरकारका सल्लाहकार काठमाडौं आइसकेका छन् भने भारत, थाइल्याण्ड र बंङ्गलादेशका सरकार प्रमुख बिहिबार नेपाल आइपुग्ने छन्
प्रतिक्रिया