कमिसनको बार्गेनिङ्ग गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।
बिहीबार बसेको बैठक सुरु भएसँगै कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्री बास्कोटालाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे ।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग बार्गेनिङ गरेको अडियो बाहिरिएको थियो ।
अडियोमा स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठेक्का दिँदा ७० करोड आउने र त्यसको ७० प्रतिशत मन्त्रीको भागमा पर्ने जस्ता कुरा भएका थिए ।अडियोमा एजेन्टले मन्त्रीलाई ५४।५५ करोड आउने बताएका छन् ।
राष्ट्रियसभा बैठकको अर्को बैठक १५ फागुनमा बस्नेछ ।
प्रतिक्रिया