आज कारोबार सुरु भएको तेस्रो घण्टा सकिन लाग्दा नेप्से परिसूचकले दुई वर्षकै उच्च बिन्दुमा पुगेको छ ।
आज १४०४.४८ को बिन्दुबाट सुरु भएको कारोबार १ बजेर ४० मिनेट सम्म आईपुग्दा १६ अंकले बढेर १४२२ को बिन्दुमा पुगेको हो ।
यस अघि २०७४ साल पुस महिनाको पहिलो साता परिसूचक १४१५ को बिन्दुा पुगेको थियो ।
त्यस्तै, यो समय सम्म आउँदा कारोबार रकम पनि २ अर्ब हारहारी पुगेको छ । अहिले सम्ममा ३१ लाख ८४ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब ६१ करोड बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया