कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा कामना सेवा विकास बैंकको जित

५ बर्ष अगाडि

एसएस इभेन्टस् प्रा.लि.ले आयोजना गरेको कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको फाइनलमा कामना सेवा विकास बैंक प्रथम भएको छ ।

टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित उक्त क्रिकेट प्रतियोगितामा भारतीय राजदुतावासलाई हराउँदै कामना सेवा प्रथम स्थान हाँसिल गर्न सफल भएको हो ।

उत्कृष्ट खेलाडीसमेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवात्स्तब भएका छन् । उनले यमाहाको एफजेटएस मोटर साइकल प्राप्त गरेका छन  ।

विजेता टिम र उत्कृस्ट खेलाडीहरुलाई पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्माले पुरस्कार प्रदान गरेका थिए । 

फाल्गुन ३ गते देखि सुरु भएको प्रतियोगितामा कुल २३ टिमको सहभागिता रहेको थियो ।


हाल बैंकले १ सय २० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया