क्वाड बाइक र विद्युतीय बसको बीमाः यसरी हुने भयो बीमाशुल्क निर्धारण

६ बर्ष अगाडि

काठमाडौं – नेपालमा हालै प्रचलनमा आएको विद्युतीय सवारी साधान र २०० सिसिको क्वाड बाइकको पनि बीमा गर्न सकिने भएको छ । प्रचलन बीमा नीतिले उक्त सवारी साधानको बीमा गर्न  बाटो खुल्ला गरेको थिएन । बीमा समितिले केही समय अघि एक परिपत्र जारी गर्दै त्यस्ता सवारी साधानको बीमा गर्ने बाटो खुला गरेको छ । 
बीमा समितिले  नीतिगत रुपमा नै २०० सिसीको क्वाड बाइक र विद्युतीय सार्वजनिक गाडीको बीमा गर्नका लागि बीमाशुल्क निर्धारण गरेको छ । क्वाड बाइकको हकमा तेस्रो पक्ष बीमा गर्दा २०० सिसिको मोटरसाइकलको बीमा गर्दा लाग्ने बीमाशुल्क नै कायम हुने छ । ओन ड्यामेज अन्तरगतको बीमाशुल्क दर भने हाल कायम रहेको २०० सिसिको मोटरसाइकलको सुरुको बीमाशुल्कका ५० प्रतिशतले बद्धी गरि कायम गरिने समितिको भनाइ छ । 
यस्तै, यात्रु बोक्ने विद्युतिय बस पनि प्रचलनमा आएपछि समितिले त्यसकोको पनि बीमा गर्ने नीति ल्याएको छ । यस्तो सवारी साधानको सुरुको बीमाशुल्कमा २५ प्रतिशतसम्म  छुट गरि बीमा दर कायम गर्नुपर्ने बताइएको छ । नेपालमा निजी क्षेत्रका केही कम्पनीहरुले विद्युतीय बस सञ्चालनमा ल्याइसकेका छन् । 
सामान्यतया क्वाड बाइक पर्यटकलाई लक्षित गरेर युएई लगायतका मुलकको मरुभुमिका चलाइने बाइक हो । यो पर्यटककले अत्यन्त रुचाएको चारपांग्रे बाइक हो । तर, अहिले यो बाइक नेपालमा पनि प्रचलनमा आइसकेको छ । पर्यटकलाई नै लक्षित गरेर झापा, चित्लाङ यो बाइक सञ्चालनमा छन् । 
हालै चित्लाङमा भगिनी कम्पनी एड्भेन्चर गियरले ५ ओटा ‘क्वाड’ बाइक सञ्चालनमा ल्याएको छ । उक्त कम्पनीले चित्लाङ रिसोर्टको पछाडि छुट्टै ३ किलोमिटरको रुट बनाएको यस्तो बाइकको सेवा दिँदै आएको छ ।
यसरी नेपालमा पनि यो बाइक प्रचलनमा आएपछि त्यसको बीमा गर्ने नीति ल्याइएको हो । मोटर बीमा सम्बन्धी प्रचलित बीमा पोलिसीले उक्त बाइकको बीमालाई समेट्न नसकेपछि समितिले छुट्टै बीमाशुल्क निर्धारण गरेको हो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया