सीटीजन बैंकको ब्याजदर घोषणा , कुनमा कति ?

६ बर्ष अगाडि

काठमाडौँ– सीटीजन बैंक इन्टरनेशनल लिमिटेडले कर्जा तथा निक्षेपको लागि नयाँ ब्याजदर घोषणा गरेको छ । बिहिबार एक सुचना जारी गर्दै बैंकले आज देखी नै लागु हुने गरी नयाँ ब्याजदर घोषणा गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले विभिन्न बचत खाताहरुमा ६ देखी ६.५ प्रतिशत सम्म ब्याज दिने छ । त्यसमध्ये सीटीजन बिशेष बचत खाता र मेरो सीटीजन बचत खातामा ६.५ प्रतिशत ब्याज दिइने छ भने अन्य बचत खाताहरुमा ६ प्रतिशतका दरले ब्याज निर्धारित गरेको बैंकको छ । 

यस बाहेक ब्यक्त्तिगत मुद्दति खातामा ९.२५ र संस्थागत मुद्दति खातामा ८.५० ब्याज दिने बैँकको भनाइ छ ।

यस्तै , बैंकले ऋण दिदा कर्जाको प्रकार अनुसार १०.९३ प्रतिशत देखि  १८.४३ प्रतिशत सम्म ब्याज लिने बताएको छ  । हाल बैंकको आधारदर १०. ४३ छ । बैंकले त्यसैमा ०.५० देखी ८ प्रतिशत सम्म प्रिमियम जोडेर ब्याजदर  निर्धारण गरेको हो । 

जसमध्ये , बैंकले आधार दर सहित गाडि कर्जामा ११.४३ देखी १६.४३ ब्याजदर र घर कर्जामा १०.९३ देखि १५.९३ ब्याजदर निर्धारण गरेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया