काठमाडौं – बीमा समितिले एउटै बीमालेखबाट पत्ति÷पत्नीको सुरक्षण लाभ समाबेश नगर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
अहिले जीवन बीमा कम्पनीहरुले यस्तो बीमामा पनि गराईरहेका छन, जुन बीमा श्रीमानले गर्दा श्रीमतीको जोखिम प िस्वत रक्षावरण हुन्छ । साथै, श्रीमतीले उक्त बीमा गरेमा त्यस मार्फत श्रीमानको पनि जोखिम रक्षावरण हुने गर्दछ ।
सम्बन्धीत कम्पनीहरुले बीमा समितिबाट नै स्वीकृत लिएर यस्तो बीमा व्यवसाय गर्दै आएका हुन् । तर, समितिले परिपत्र मार्फत स्वीकृत बीमालेखमा पनि यस्तो सुविधा नराख्न निर्देशन दिएको छ ।
बीमा समितिको यो निर्देशनले बिशेष गरि नेपाल लाइफ र एलआईसी नेपाललाई झड्का दिएको छ ।
एलआईसी नेपालले गत बर्ष मात्र जीवन साथी बीमा योजना ल्याएको थियो । त्यस मार्फत पत्ति वा पत्तिले बीमा गर्दा निजको जीवन साथीको निःशुल्क रुपमा जोखिम रक्षावरण हुन्थ्यो । यस्तै, नेपाललाई लाइफको जीव्न सारथी बीमा योजना पनि यस्तै प्रकृतिको हो । बीमा समितिको यो निर्देशनले बिशेषगरि यी कम्पनीलाई प्रभाव परेको छ ।
तर, बीमा समितिले बिक्री भइसकेको बीमालेखमा के गर्ने भन्ने लगायतका बिषयमा भने केही खुलाएको छैन ।
प्रतिक्रिया