आजै कञ्चनपुरको बेलौरीमा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका मन्त्री बाँस्कोटाले सरकारले प्रतिबद्धता गरेअनुसार मुलुकका सबै जिल्लामा एक वर्षभित्रै नेपाल टेलिकमको ‘फोर जी’ परियोजना सञ्चालन भएको बताए ।
उनले नेपाल टेलिकम सरकारको नभई जनताको सम्पत्ति भएको बताए । “अन्य प्रतिस्पर्धी दूरसञ्चार प्रदायक कम्पनीजस्तै टेलिकम पनि प्रतिस्पर्धी बन्नुपर्ने हुन्छ”, उनले भने, “इन्टरनेट डाटा खरिद मूल्यमा देखिएको भिन्नतालाई घटाइने गरी प्रक्रिया अगाडि बढाइएको छ ।” उनले सेवाग्राहीलाई टेलिकमका सेवाहरू सहुलियत दररेटमा प्रदान गर्नेगरी सेवा विस्तार भइरहेको जानकारी दिए।
प्रतिक्रिया