सुपरदोर्दी इन्भेष्टमेण्ट कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले मर्जरमा जाने बिषेश प्रस्तावका साथ उक्त साधारणसभा आह्वान गरेको हो ।
सभामा मर्जर प्रस्ताव बाहेक वार्षिक प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने विषय आदि विषयमा छलफल गर्ने बताइएको छ ।
कम्पनीको सभा चैत १ गते दिउँसो १२ बजे लमजुङको जिल्ला समन्वय समितिको सभा हलमा बस्ने छ ।
प्रतिक्रिया