प्रचण्ड-ओली भेट : अडियो प्रकरणबारे मन्त्री बास्कोटालालाई सोध्ने

६ बर्ष अगाडि

सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटालाई नेकपाले सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियोकाण्डबारे सोध्ने भएको छ । 

केहीबेरअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’बीच भएको भेटबार्तामा बास्कोटालाई अडियो प्रकरणबारे सोध्ने कुराकानी भएको छ । 

बास्कोटा बिभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा भएकोले उनी काठमाडौं फर्केपछि सो विषयमा सोध्ने कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ । 

उनलाई सोधेपछि सो विषयमा अन्य निर्णय लिने कुराकानी भएको  स्रोतको भनाई छ । 

मन्त्री बास्कोटा आफै काठमाडौं फर्किँदैछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया