महालक्ष्मी लाईफ र टेस्ला डाइग्नोष्टिक बीच भयो सम्झौताः बीमितलाई यस्तो सुविधा

६ बर्ष अगाडि

काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र टेस्ला डाइग्नोष्टिक क्लिनिक प्रा.लि. बालुवाटार वीच उक्त क्लिनिकको सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र टेस्ला डाइग्नोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन
 । 
सम्झौता अनुरुप ल्याब तथा डाइग्नोष्टिक सेवामा बीमितले १० प्रतिशत र कर्मचारीले १२ प्रतिशत तथा फार्मेसीमा ५ देखि १२ प्रतिशत सम्म छुट पाउने भएका छन् । यस सम्झौताबाट इन्स्योरेन्सका बीमित तथा कर्मचारीले सुलभ दरमा गुणस्तरिय ल्याब तथा डाइग्नोष्टिक सेवा प्राप्त गर्ने विश्वास लिइएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया