एभरेष्ट बैंक र हेफर इन्टरनेशनलबीच वित्तिय सम्झौता

६ बर्ष अगाडि

 एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमशीलतामा वित्तीय सेवा पुर्याउँने सम्झौता भएको छ ।
एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपाल बीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमी लाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको हो ।

एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा। शुभनारायण महतो द्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन।

हाल बैंकले ९५ शाखा कार्यालय, १ सय २२ एटीएम र ३० रकम संकलन केन्द्रबाट सेवा दिँदै आएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया