सिद्घार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स बीचको साझेदारीमा सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरुलाई व्यवसाय बैंकिङ कर्जा, दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ प्रणाली, कर लगाएका विषयमा जानकारी गराएको बैंकले जनाएको छ ।
बैंकले देशभर १८० वटा शाखा, १०१ शाखारहित बैंकिङ सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पी।ओ।एस मेसिन मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया