दाङमा एकसय ७५ ले अङ्गीकृत नागरिकता लिए

६ बर्ष अगाडि

नयाँ संविधान विस २०७२ मा जारी भएपछि दाङजिल्लाबाट १७५ ले अङ्गीकृत नागरिकता लिएका छन् । 

जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा २६, २०७३÷७४ मा २१, २०७४÷७५ मा ३३, २०७५÷७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । अङ्गीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको उनले जानकारी दिए। 

संविधानमा वंशज, अङ्गीकृत र आवासीय गरी तीन प्रकारले नागरिकता पाउन सकिने व्यवस्था छ । यसैगरी अङ्गीकृत नागरिकता वैवाहिक र जन्मको आधारमा दिइने प्रावधान रहेको जनाइएको छ । ––

६ बर्ष अगाडि

प्रतिक्रिया