देवः विकास बैंकको जोरपाटी शाखा कार्यालयको उद्घाटन

६ बर्ष अगाडि

 देवः विकास बैंक लिमिटेडले गोकर्णेश्वर नगरपालिका, वडा नं ६ मा जोरपाटी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंक सञ्चालक समितिका सदस्य भरत बहादुर हमालले गरेका हुन् ।

कार्यक्रममा सञ्चालक समितिका सदस्य हमालले गुणस्तरीय सेवा विस्तारमा बैंकले जोड दिने जानकारी दिए ।

कार्यक्रममा गोकर्णेशवर नगरपालिका, वडा नं ६ का अध्यक्ष रमेश अर्यालले बैकिङ्ग गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्रमा नै आर्थिक गतिविभिको विस्तार हुने आफू ढुक्क भएको बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया