८ महिने शिशुको हत्यारालाई पक्राउ नगरेको भन्दै बजार बन्द

७ बर्ष अगाडि

धनुषा – महोत्तरीको औरही नगरपालिकाबाट अपहरणमा परेकी ८ महिने शिशुको हत्याको हत्यारालाई पक्राउ नगरेको भन्दै  औरही उधोग वाणिज्य संघले बजार बन्द गरी आन्दोलनमा उत्रेको छ। 
गत आइतबार ८ महिने शिशु सोनाली चौधरीको अपहरणपछि सोमबार मृत अवस्थामा भेटिएको थियो।  महोत्तरीको औरही बजार –१ मा इन्द्रेश चौधरीले संचालन गरेकी सिधान्त फैन्सी स्टोर्सबाट एकजना व्यक्तिले बच्चा खेलाउँदै काम गर्दै गरेकी आमाबाट बच्चा खेलाउछु भन्दै लिएर गएका थिए। 
तर लामो समय सम्म बच्चा नभेटेपछि प्रहरीलाई खबर गरे पनि बच्चा सोमबार २ बजे आपको बगैंचामा मृत फेला परेको थियो। यता, उधोग वाणिज्य संघ औरहीले अभियुक्तको पहिचान भए पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै दबाबास्वरूप बजार बन्द गराएर सडक अवरुध पार्दै यातायातका सवारी साधन चल्द दिएको छैन । 
अभियुक्त भनिएका महोत्तरीकै २५ वर्ष भरत साह रहेको प्रहरीको भनाइ छ। अभियुक्त साह केही दिन पहिले मात्र जेलबाट रिहा भएका थिए।
 

७ बर्ष अगाडि

प्रतिक्रिया