राससले सक्षम र क्रियाशीलरूपमा समाचार उत्पादन गर्नुपर्छ : कानूनमन्त्री कार्की

६ बर्ष अगाडि

प्रदेश नं १ का आन्तरिक मामिला तथा  कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचार समिति ९रासस० लाई सक्षम बनाई क्रियाशीलरूपमा समाचार उत्पादन गर्नुपर्ने बताएका छन् ।
    
रासस प्रदेश नं १ को कार्यालय विराटनगरमा आयोजित राससको ५९ वार्षिकोत्सवका अवसरमा ‘राससको भूमिका ः सङ्घीय कार्यान्वयन’ विषयक कार्यक्रममा उहाँले विगतमा पनि रासस प्रदेश कार्यालयलाई सहयोग गरेको स्मरण गर्दै विश्वसनीय, तथ्यपरक र खोजमूलक समाचारको सम्पे्रषणबाट सङ्घीयताको सफल कार्यान्वयन हुने भने।    

मन्त्री कार्कीले आगामी दिन कानून बनाई यस क्षेत्रमा रहेका सबै सरकारी सञ्चार माध्यमलाई प्रदेश सरकार मातहत ल्याएर सङ्घीयताको सफल कार्यान्वयन गरी जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने बताए।

उनले सरकारले लगानी गरेको सञ्चार माध्यममा जिल्ला समाचारदाता ९स्ट्रिङ्जर०ले पाउने पारिश्रमिकले बाँच्न नसक्ने भएकाले यसमा वृृद्धि आवश्यक छ भन्दै  सङ्घीयतामा सबै सञ्चारमाध्यम राम्ररी सञ्चालन गर्न सरकारको सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सरकारी सञ्चार माध्ययममा स्वतन्त्र विज्ञको नियुक्ति गरेमा निष्पक्षता कायम हुने बताउँदै देशको अनुहार जनतालाई देखाउन सरकारी सञ्चारमाध्यम सशक्त हुनुपर्नेमा जोड दिए। उनले पत्रकालाई बाँच्न सक्ने अवस्थाको पारिश्रमिक उपलब्ध हुनुपर्नेमा जोड दिए। 

नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष विक्रम लुइँटेलले रासस जनताको पहुँचमा निःशुल्क भए मात्र सङ्घीयताको सफल कार्यान्वयनमा सहयोग पुग्ने चर्चा गर्दै श्रमजीवी पत्रकारको समस्या समाधान गर्न सरकारी सञ्चारमध्यमका पत्रकारको  पारिश्रमिक वृद्धि गर्नुका साथै करार अथवा लोकसेवाको माध्यमबाट नियुक्ति गर्नुपर्नेमा जोड दिए।

रासस प्रदेश नं १ का प्रमुख मोहम्मद सदरुलले राससका सचारदाताले दिनरात नभनी सबैका समाचार निष्पक्ष ढङ्गले पस्किने गरेको बताउँदै आगामी दिनमा राससले श्रव्यदृश्य सेवा शुरु गर्ने जानकारी दिए। 

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले सङ्घीयतामा राससको सेवा प्रभावकारी भएको भन्दै आगामी दिनमा थप खोजमूलक समाचारमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा मन्त्री कार्कीले रासस प्रदेश नं १ भोजपुर जिल्लाबाट उत्कृष्ट जिल्ला समाचारदाता ९स्ट्रिङ्गर० युवराज विष्टलाई नगद रु १५ हजार र सम्मानपत्रद्वारा पुरस्कृत गरेका थिए।

६ बर्ष अगाडि

प्रतिक्रिया