तीन प्रतिशतले बढ्यो विकास बैंकहरुको नाफा, ११ बैंककोे खुद नाफा १० करोड माथि

६ बर्ष अगाडि

विकास बैंकहरुले चालु आवको दोस्रो त्रैमासमा ३.२ प्रतिशतले नाफा बृद्धि गरेका छन् । 

नेप्सेमा  सुचिकृत २१ विकास बैंकले समिक्षा अवधिको वित्तीय विवरण सार्वजनीक गर्दा गत वर्षको समिक्षा अवधिको तुलानामा ९ करोड ७९ लाख रुपैयाँ बराबरले विकास बैंकहरुको नाफा बढेको देखिएका हो ।

गत आवको यसै अवधिमा समग्र विकास बैकहरुको नाफा २ अर्ब ९९ करोड रहेकोमा चालु आवको समिक्षा अवधिमा बैंकहरुले ३ अर्ब ९ करोड नाफा कमाएको बिवरणमा उल्लेख गरिएको छ । चालु आवको समिक्षा अवधिमा ११ विकास बैंकको नाफा १० करोड भन्दा माथि रहेको छ ।

यस अवधिमा सबै भन्दा  धेरै नाफा मुक्तिानाथ बिकास बैंकले कमाएको छ । समिक्षा अवधीमा बैंकले ४ करोड २७ लाख रुपैयाँले नाफा बढाएर  ४७ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ भने अघिल्लो वर्षको यसै अवधिमा बैंकले ४२ करोड ७० लाख नाफा आर्जन गरेको थियो ।

त्यस्तै, गरिमा विकास बैंकले ३ करोड ५७ ले नाफा बढाउदै ३२ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको समिक्षा अवधीमा बैंकले २८ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।त्यस्तै, गत आवको समिक्षा अवधीमा २९ करोड ४० लाख खुद नाफा कमाएको कैलाश विकास बैंकले २ करोड ११ लाखले नाफा बढाएर ३१ करोड ५१ लाख बराबरको खुद नाफा आर्जन गरेको देखिन्छ । 

यस अवधिमा महालक्ष्मी बैंक र शाइन रेसुङग बैंकले  १० करोड हारहारीमा  नाफा बृद्धि गरेका छन् । महालक्ष्मीको खुद नाफा ३० करोड ५० लाख पुगेको छ  भने शाइन रेसुङगको ३० करोड ७ लाख पुगेको छ । त्यस्तै, लुिम्बनी विकास बैंकले १७ लाख रुपैयाँले नाफा बढाएर २५ करोड २१ लाख खुद नाफा आर्जन गरेको छ । 

उता, गण्डकी विकास बैंकको नाफामा १ करोड ७५ लाख बराबरको गिरावट आएको देखिन्छ । गत आवको समिक्षा अवधिमा २६ करोड २५ लाख खुद नाफा कमाएको बैंकले समिक्षा अवधिमा २४ करोड ५० लाख खुद नाफा आर्जन गरेको छ । 

त्यस्तै, सांग्रिला विकास बैंकले २ लाख ७० हजार रुपैयाँले नाफा बढाउदाँ १९ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उता, देव विकास बैंकले भने ६८ लाख रुपैयाँले नाफा घटाएर १८ करोड ७७ लाख बराबरको खुद नापला आर्जन गरेको देखिएको छ । गत आवको यसै अवधिमा बैंकले १९ करोड ४५ लाख बराबरको खुद नाफा आर्जन गरेको थियो । 

त्यस्तै, तिनउ र एक्सेल विकास बैंकको खुद  नाफा १० करोड हारहारी रहेको छ । अघिल्लो आवको समिक्षा अवधिको तुलानामा तिनउको नाफा ६ करोडले बढे्को छ भने एक्सेलको २ करोडले बढेको छ ।

उता १० करोड भन्दा थोरै खुद नाफा आर्जन गरेका ९ विकास बैंक मध्यका तिन बैंकको खुद नाफामा गिरावट आएको छ । अघिल्लो आवको समिक्षा अवधीको तुलानामा कर्पोरेट विकास बैंकको ४ करोड ३२ लाख, ज्याति विकासको १४ करोड र साहार बिकासको १० करोडले नाफा घटेको छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया