नाडेप लघुवित्त वित्तिय संस्थाले चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आवमा संस्थाले १२३.७१ प्रतिशतले खुद नाफा बृद्धि गरेको छ ।
गत आवमा रु.१ करोड ४२ लाख खुद नाफा आम्दानी गरेको संस्थाले चालु आवमा भने रु. ३ करोड १९ लाख कमाएको छ ।जुन गत आवको तुलनामा १ करोड ७६ लाखले बढी हो ।
चालु आवको समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १४ करोड खुद ब्याज आम्दानी गरेको छ । गत आवमा भने कम्पनीले रु.११ करोड खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीले गत आवमा रु.१ अर्व २१ करोडको निक्षपे संकलन गरेको थियो । यस बर्ष रु. ९ करोड ३४ लाखले निक्षेप संकलनमा बृद्धि गरेर रु. १ अर्व ३१ करोडको निक्षेप संकलन गरेको छ । साथै , संस्थाले रु.४ अर्वको कर्जा सेवाग्राहीलाई प्रवाह गरेको छ ।
प्रतिक्रिया