डाेल्पा-संघीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढा डोल्पा आइपुगेका छन् ।
डोल्पाबाट लगातार दुईपटक भारी मतका साथ विजयी भएका बुढाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमलाई सांसद बनाउन पदबाट राजीनामा दिने चर्चा छ । सोही कारण डोल्पामा गर्ने भनिएको उपनिर्वाचनको माहोल बुझ्न उनी मंगलबार जिल्ला आइपुगेका हुन् ।
जिल्लाका आठवटै स्थानीय तहका जनतासँग राय सल्लाह र प्रतिक्रिया बुझेर मात्रै सांसद पदबाट राजीनामा दिने मन्त्री बुढाले जानकारी दिए । मंगलबार तल्लो डोल्पाका मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका जनतासहित त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा छलफल गरी प्रतिक्रिया लिइएको उनले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया