ग्लोबल आइएमई बैंकले नयाँ शाखा बिस्तार गरेको छ ।बैंकले दिपायलको पिपल्ला बजारमा नयाँ शाखा विस्तार गरेको हो ।
उक्त शाखाको उद्घाटन डोडी जिल्लाका प्रमुख जिल्ला अधिाकरी टेकनारायण पौडेल तथा नेपाल उद्योग वाणिज्य सघंका प्रदेश ५ का अध्यक्ष गुणनिधी तिवारीले सयुक्त रुपमा गरेका थिए ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।
बैंकले २६९ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना करीब १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ ।
प्रतिक्रिया