कतार एयरवेज र अखिल नेपाल फुटबल संघबीच साझेदारी

५ बर्ष अगाडि

कतार । कतार एयरवेजको प्रायोजनसहित ए डिभिजन शहीद स्मारक लिग २०१९–२०२० को समापन भएको छ  । जसमा उप–प्रधानमन्त्री ईश्वर पोखरेलको पनि उपस्थिति रहेको थियो ।

हजारौँ दर्शकको उपस्थिति रहेको अन्तिम खेलमा सान मिगेल मच्छिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि हात पा(यो । नेपालको सबैभन्दा ठूलो फुटबल लिग कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म आयोजना भएको थियो ।

साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा देखियो । अन्तिम खेल अगाडि कतार एयरवेजले एक सातासम्मको लागि शेर्पा मलमा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु सहित फ्यान जोनको पनि आयोजना गरेको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया