भोजपुरको आमचोक गाउँपालिकामा कार्यरत सब–इन्जिनियर विष्णुकुमार राइ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
योजनाको बिल फरफारक गर्न सेवाग्राहीसँग पाँच हजार रुपियाँ घुस लिएको आरोपमा उनी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
हायुखोला खानेपानी योजनाको बिल फरफारक गर्न राईले सेवाग्राहीसँग पाँच हजार रुपियाँ घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
उनका अनुसार अख्तियारको इटहरीको टोलीले उनलाई आमचोक ७ स्थित हर्दिलाबाट नियन्त्रणमा लिएको हो ।
राई सेवा करारमा कार्यरत थिए ।
प्रतिक्रिया