शिष्टाचार भेट

६ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । 

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा युएनडिपी प्रतिनिधि लबेले सापकोटालाई प्रतिनिधिसभाको सभामुख निर्वाचित भएकामा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका सभामुख सापकोटाको सचिवालयले जनाएको छ । 

सभामुख सापकोटाले नेपाल सन १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएदेखि नै सहकार्य जारी रहेको स्मरण गर्दै संविधानसभा निर्वाचनदेखि सङ्घीय संसद्लाई गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले नेपालमा बहुआयामिक सहयोग गरिरहेको युएनडिपीले आगामी दिनमा पनि सहयोग जारी राख्ने विश्वास व्यक्त गरे । 

युएनडिपी प्रतिनिधि लबेले हाल नेपालका विभिन्न २६ क्षेत्रमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । सङ्घीय संसद्, प्रदेश र स्थानीय तहको, न्यायिक समितिसँग काम गरिरहेको जानकारी दिँदै लबेले जलवायु परिवर्तनको क्षेत्रमा सहकार्य गर्न सकिने बताएका थिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया