नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आयोजना गर्न लागिएको आन्तरिक पर्यटन मेला ९डोमेस्टीक टुरिज्म मार्ट० सरेको छ ।
गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको दोस्रो आन्तरिक पर्यटन मेला आगामी वर्षको जेठ १६ र १७ गते ९सन् २०२० मे २९ र ३० तारिख० मा हुने भएको हो । यही फागुन ९ र १० गतेका लागि मेलाको तयारी गरिएको भए पनि छिमेकी मुलुक चीनमा देखिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभावलाई मध्यनजर गरी पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
भ्रमण वर्षलाई सफल पार्न एकैथलोबाट देश चिनाउने र लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको उजागर गर्नुका साथै पर्यटन व्यवसायीमा सकारात्मक ऊर्जा प्रदान गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम० को सहयोगमा मेलाको आयोजना गर्न लागिएको हो । मेलामा पर्यटन व्यवसायसँग सम्बन्धित १५० भन्दा बढी व्यावसायिक कक्ष ९स्टल० रहने बताइएको छ ।
छिमेकी मुलुक चीनमा उत्पन्न कोरना भाइरसका कारण नेपालको पर्यटन बजारमा पर्नसक्ने सम्भावित जोखिमलाई ध्यान दिएर पूर्वघोषित मेला जेठको अन्तिमका लागि सारिएको गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारीले बताए । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने मेलामा ७७ जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय गतिविधिको प्रदर्शन गरिने मेलाका संयोजक माधवप्रकाश सुवेदीले बताए ।
मेलामा पर्यटकीय गन्तव्य तथा व्यावसायिक स्टलहरु, हस्तकलाका सामग्रीका साथै काठमाडौँ र मोफसलका होटल तथा रेष्टुरेन्ट, सातवटै प्रदेशको विभिन्न स्वादका परिकार, होमस्टे, सञ्चारलगायतको एकै ठाँउबाट अवलोकन गर्न सकिने र प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ । राष्ट्रिय कला संस्कृतिको प्रदर्शनी, विभिन्न जातजातिको संस्कृति झल्कने झाँकी तथा नृत्य प्रस्तुति रहनेछ । –––
प्रतिक्रिया