शोक प्रस्ताव पारित

६ बर्ष अगाडि

राष्ट्रियसभाको आजको बैठकले पहिलो संविधानसभाका सदस्य सिद्धार्थकुमार सोमानी र राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा दिवङ्गत सोमानी र उपाध्यायको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो । 

सांसद उपाध्याय २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । क्यान्सर रोगका कारण स्व। नेता उपाध्यायको ५१ वर्षको उमेरमा यही फागुन २ गते उपचारका क्रममा  निधन भएको थियो ।

त्यसैगरी स्व। सोमानी विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद थिए। उनको ५२ वर्षको उमेरमा गत माघ २५ गते निधन भएको थियो । स्व. सुमानी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सँग आबद्ध थिए। राष्ट्रियसभाको अर्को बैठक यही फागुन ६ गते दिउँसो १ः०० बजे बस्नेछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया