जीवन बीमा कम्पनीको नाफा २ अर्ब भन्दा बढी, कुनको कति ?

६ बर्ष अगाडि

काठमाडौं – नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा रू. २ अर्ब ३३ लाख खुद नाफा कमाएका छन् । कम्पनीहरुले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । बीमांकीय मुल्यांकन गरेपछि कम्पनीहरुको नाफा थप बढ्ने छ । 
वित्तिय विवरणअनुसार जीवन बीमा कम्पनीहरूको नाफा गत आवको भन्दा ३८ दशमलव ४९ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूले रू. १ अर्ब ४४ करोड ८२ लाख खुद नाफा कमाएका थिए । 
हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये सबैभन्दा बढी नाफा नेपाल लाइफ इन्स्योरेन्सले कमाएको छ । उक्त कम्पनीले रू. ३५ करोड ९ लाख १७ हजार खुद नाफा कमाएको छ । यस्तै, दोस्रो स्थानमा रहेको नेशनल लाइफले रू. २३ करोड ५८ लाख ७० हजार नाफा कमाएको छ । 
यसैगरि प्राइम लाइफले रू. १५ करोड ६०, सुर्या लाइफले रू. १५ करोड १९ लाख खुद नाफा कमाएको छ । यसैगरि २ बर्ष अघि सञ्चालनमा आएको रिलायवल नेपाल लाइफ नाफा कमाउनेमा पाचौं नम्बरमा छ । उक्त कम्पनीले रू. १३ करोड २५ लाख खुद नाफा कमाएको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान भने नाफा कमाउनेमा अन्तिम नम्बरमा छ । उक्त कम्पनीले यस अवधीमा रू. ३ करोड ५३ लाख ४६ हजार खुद नाफा कमाएको छ ।

दोस्रो त्रैमासमा कुन कम्पनीको कति नाफा (रू. हजार)

कम्पनी नाफा 
नेपाल लाइफ 350917
नेशनल लाइफ 235870
प्राइम लाइफ 156054
सुर्या लाइफ 151937
रिलायवल नेपाल लाइफ 132590
मेट लाइफ 127484
एशियन लाइफ 121397
सिटिजन लाइफ 100342
युनियन लाइफ 77381
एलआईसी 76841
गुरासँ लाइफ 73542
ज्योति लाइफ 68900
आईएमई लाइफ 61211
महालक्ष्मी लाइफ 51807
सन नेपाल लाइफ 51175
सानिमा लाइफ 48084
रिलायन्स लाइफ 46566
प्रभु लाइफ 35885
राष्ट्रिय बीमा संस्थान 35346
६ बर्ष अगाडि

प्रतिक्रिया