सुनको ब्रासलेट तथा मोबाइल लुटपाट

६ बर्ष अगाडि

काठमाडौं – कागेश्वरी मनहरा नगरपालिका–९ सुन्दरीचोकबाट सुनको ब्रासलेट तथा मोबाइल लुटपाट भएको छ ।

उक्त ठाउँ बस्ने सुनसरी घर भएकी २० वर्षीया कान्ती कडरीयाको हातमा लगाएको सुनको ब्रासलेट १ थान र मोबाइल १ थान समेत गरी करिब १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति लुटपाट भएको छ । 

अपरिचित ३ जना व्यक्तिहरुले उक्त लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया