सुनसहित भुटानी नागरिक पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ- अवैध रुपमा लैजान लागेको १५७ दशमलव ३२ ग्राम सुनसहित प्रहरीले आज एक जना भुटानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भुटानी नागरिक छिरिङ नाम्ग्याल रहेको छ । उनी भुटानतर्फ जान लागेका थिए ।  विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा उनलाई उक्त परिमाणको १६ थान सुनको प्याकेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

आवश्यक अनुसन्धान एवं कारवाहीका लागि प्रहरीले उनलाई विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया