बागलुङको गलकोटमा आयोजना हुने अन्तर्राष्ट्रिय मूर्तिकार कार्यशालाका सहभागी कलाकार त्यहाँ पुगेका छन् । जुन इचिरो सुगीमोतो ९जापान ०, लिउ याङ्ग९ चीन०, बिटिनो फ्रान्सेनी९ इटाली०, जिवियर्स गोँजालेज ९फ्रान्स०, ट लिन लि जेन ९ताइवान० जुली ग्ल्यास्पी ९क्यानडा०, टुटु पटानायक ९भारत०, तान्या प्रिमिङ्गर ९इजरायल० ,जर्जलुइज ९ब्राजिल०र ल्युड्मेल ९युक्रेन० कार्यशालामा भाग लिन बागलुङ गएका जनाइएकोे छ । नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनेछन्
।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलसहित कालिका भगवती गुठी व्यवस्थापन समिति, जिल्ला प्रशासन र गलकोट क्षेत्रका बासिन्दाले कालिका मन्दिर परिसरमा कलाकारलाई स्वागत गरे । समितिका अध्यक्ष राजु खड्काले कलाकारलाई भजनकृतनसहित कालिका मन्दिर परिसर घुमाएका थिए ।
आजदेखि गलकोट नगरपालिका–५ टेउवामा कार्यशाला शुरु हुँदैछ । सहभागिकलाकारले फागनु २१ गतेसम्म टेउवामा बसेर मूर्ति कुद्ने छन् । विशेष गरी मानव जीवनका लागि उपयोगी, इतिहास र संस्कृतिसम्बन्धी मूर्ति कुँदिने योजना बनाइएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले जानकारी दिए।
गलकोट ऐतिहासिक कोट भित्र रहेको छ । त्यहाँको धेरै इतिहास र कलासमेत रहेको बताइन्छ । कलालाई पुनर्जागरण गर्ने, विदेशमा भएका कतिपय कलाकारिता र मानवीय संवेदनासँग जोडिएका मूर्ति कुद्ने काम कार्यशालामा हुने छन् । यसका लागि पाँचदेखि १० टनसम्मका ठूला ढुङ्गा लगेर राखिएको छ । ती ढुङ्गालाई तलमाथि चलाउनका लागि डोजरको प्रयोग गरिनेछ । मूर्तिका लागि कलाकारबाट विषय छनोट गरिसकिएको हो ।
कलाकारले मूर्ति कुद्ने ढुङ्गामा त्यही देशको झण्डासमेत राखिएको छ । उनीहरुले दुई सातासम्म त्यही बसेर मूर्ति कुद्ने छन् । यसरी कुँदिएको मूर्तिलाई रक गार्डेनका रुपमा विकास गरिनेछ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएको घुम्टे जाने बाटैमा पर्ने भएकाले टेउवा आर्कषक विश्रामस्थल पनि हुनेछ ।
“प्रतिष्ठानले गरेको अभियान निकै महत्वपूर्ण छ, हामीले पनि साथ र सहयोग गर्छौं”, गलकोट नगरप्रमुख भरत शर्मा गैरेले भने, “नगरपालिकाको पर्यटन पूर्वाधार तथा प्रवद्र्धनात्मक कामलाई प्रतिष्ठानले थप सहयोग गरेको छ ।” सो अभियानका लागि नगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । झण्डै डेढ करोड खर्च हुने सो कार्यशालाबाट वर्षेनी त्यत्तिकै आम्दानी गर्न सकिने गन्तव्य बन्न सक्ने जनाइएको छ ।
गलकोट पुरानो सदरमुकाम पनि हो । विदेशी पाहुना स्वागतका लागि हरिचौर बजार र टेउवालाई चिटिक्क पारिएको स्थानीय मन्जेसबम मल्लले जानकारी दिए । “विदेशीलाई सामान्य घर र होटलमा राख्नुभन्दा टेउवामै टेन्ट राखेर सेवा सुविधासमेत दिई राख्ने व्यवस्था गरिएको छ”, उनले भने, “गलकोटको दृश्यावलोकन गर्ने अवसर पनि उनीहरुलाई हुनेछ ।” टेउवामा स्थानीयले जग्गासमेत दिएका छन् ।
ढुङ्गाको मूर्ति कुँदिएकाले वर्षौंसम्म नबिग्रने र सयौँ वर्षपछि पनि अध्ययन केन्द्रको रुपमा रहने जनाइएको छ
प्रतिक्रिया