भोजपुरमा बलात्कारपछि हत्या गरेको आरोपमा एकजना पक्राउ

७ बर्ष अगाडि

भोजपुर– भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । साल्पासिलिछो गाउँपालिका–६ दोभानेका ११ वर्षीया बालिका रचना राईको बलात्कारपछि हत्या गरेको आरोपमा सञ्जय राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
बालिका गएराति खाना खाएर स्थानीय नातेदार मामा सञ्जय राईसँंग फिल्म हुेर्छु र सँगैै सुत्छु भनेर उनको कोठामा गएकी थिइन् । बलात्कारपछि घाँटीमा थिचेर हत्या भएको हुनसक्ने आशंकामा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेवेले बताए । 
सञ्जयसंगै सुतेकी बालिकाको बलात्कार गरेको परिवारले थाहा पाउने भएपछि हत्या गरेको हुनसक्ने डिएसपी थेवेले बताए । आमा धनमनी राई र सौतेलो बाबु राजन राईसँग बस्दै आएका मृतक वालिकाको घरमा सञ्जय राई लामो समयदेखि बस्दै आएको स्थानीय दिक्पाल राईले बताए । बालिकाको शव पोष्टमार्टम गर्न संखुवासभा जिल्ला अस्पताल लगिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया